बैतडीमा बस दुर्घटना हुँदा ८ जना घाइते

बैतडी, १३ माघ । बैतडीको मेलौलीमा बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।

आज बिहान महेन्द्रनगरदेखि मेलौलीतर्फ गइरहेको पवनदुत यतायातको ना ७ ख २५७० नम्बरको बस बैतडीको मेलौली नगरपालिका २ रौतगाउँमा दुर्घटना हुँदा ८ जना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा मेलौली नगरपालिका ६ का ४८ वर्षीया कमलापती भट्ट, ९ का २४ वर्षीया दुर्गा भट्ट, सोही ठाउँका ६८ वर्षीय रामसिंह साउद र २ का २१ वर्षीय मनिस चन्द घाइते भएका छन् । कञ्चनपुरको दैजीका २१ वर्षीया पूजा भट्ट, बैतडीको शिवनाथ गाउँपालिका-५ की २१ वर्षाीया सुशीला चन्द, सोही ठाउँका २९ वर्षीय जनक औजी  र बाराका सिराज अन्सारी पनि घाइते भएका छन् ।

घाइतेलाई उपचारका लागि डडेल्धुरा लगिएको जिल्ला प्रहरी कार्यालय, बैतडीले जनाएको छ । चालक वीरेन्द्र लुहारलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com