विप्लवका प्रभावशाली नेता एमालेमा प्रवेश

दाङ, १३ माघ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीका प्रभावशाली नेता सहदेव थारु एमाले प्रवेश गरेका छन ।

एमाले महासचिव शङ्कर पोखरेलले गृह जिल्ला दाङमा नेता थारुलाई एमाले प्रवेश गराएका हुन । घोराही १४ निवासी थारुलाई एमाले महासचिव तथा लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री शङ्कर पोखरेलले अबिर र खादा लगाएर पार्टीमा स्वागत गरेका हुन ।

नेपाली कम्युनिष्ट आन्दोलन र समृद्धिको अभियानमा सघाउन आफू एमाले रोज्न पुगेको बताउँदै थारुले अब अरू दलबाट मुलुकको उन्नति सम्भव नभएको बताए ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com