ट्याक्टरमा बस ठोक्किँदा दुई दर्जन यात्रु घाइते

सर्लाही, १४ माघ । पूर्व पश्चिम लोकमार्ग अन्तर्गत सर्लाहीको हरिवनमा उखु बोकेको ट्याक्टरमा यात्रुवाहक बस ठोक्किँदा दुई दर्जन यात्रु घाइते भएका छन् भने घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ ।

बिहीबार राति भैरहवाबाट विराटनगर जाँदै गरेको लु२ख ४७५७ नम्बरको बसले  सर्लाहीको हरिवन–९, सुखेपोखरीमा बिग्रिएर रोकी राखेको ज२त ७८१ नम्बरको ट्याक्टरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

बाक्लो हुस्सु र कुहिरोका कारण बस ट्याक्टरमा ठोक्किएको आँकलन गरिएको छ । घाइते मध्ये एक पुरुष र एक महिलाको अवस्था गम्भीर रहेको र उनीहरूलाई थप उपचारको लागि विरगन्ज रिफर गरिएको प्रहरीले जनाएको हो ।  बस चालक चालकलाई सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको छ । ट्याक्टर चालकको पहिचान हुन सकेको छैन ।

उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com