कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौँ, १४ माघ । कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै छ ।

भर्चुअल माध्यमबाट अपराह्न ३ बजे बस्ने बैठकमा केन्द्रीय कार्यसम्पादन समिति गठनबारे छलफल हुने छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव डा. कृष्णप्रसाद पौडेलले कार्यसम्पादन समिति गठन गर्ने एकल कार्यसूची अनुसार बैठक बस्न लागेको जानकारी दिनुभयो ।

केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने एउटा मात्र एजेण्डा भए पनि बैठकमा समसामयिक राजनीति, स्थानीय तह निर्वाचन र कोरोना संक्रमणका विषयमा पनि छलफल हुन सक्ने नेताहरु बताउँछन् ।

कांग्रेसको विधानमा ४५ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठनको व्यवस्था छ । समितिमा १४ जना पदाधिकारी र पार्टी सभापतिको प्रस्तावमा अन्य ३१ जना सदस्य रहन्छन् । समितिमा प्रवक्ता स्वतः सदस्य रहने व्यवस्था छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com