काठमाडौँ उपत्यकामा थप १८२० जनामा कोरोना पुष्टि

काठमाडौँ, १५ माघ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १८२० जना कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा १४ सय ४ जना, ललितपुरमा २०५ र भक्तपुरमा १११ जना संक्रमित थपिएका हुन् ।

योसँगै काठमाडौँ उपत्यकामा सक्रिय संक्रमितको संख्या ५२ हजार ७ सय ६४ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ४ हजार ९ सय ४ जना कोरोना संक्रमित थपिएका छन् ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com