स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौँ, १६ माघ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–९, शिवपुर चोकमा स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

प्रहरी वृत्त बौद्धका अनुसार बा६५प ५३५२ नम्बरको स्कुटरको ठक्करबाट गम्भीर घाइते भएका भारतको बिहार घर भई हाल गोकर्णेश्वर नगरपालिका–९, अत्तरखेल बस्ने ३८ वर्षीय वीरेन्द्र महतोको उपचारका क्रममा अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा मृत्यु भएको हो ।

हिजो बेलुका करिब सवा ७ बजे भएको दुर्घटनामा संलग्न स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com