आजको मौसम
काठमाडौँ, १८ माघ । देशका विभिन्न भागमा आज वर्षा र हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार आज दिउँसो प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा तथा मधेस प्रदेश र लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । प्रदेश १, वाग्मती प्रदेश तथा गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागहरुमा आंशिक बदली रहनेछ । आज बिहान तराईका धेरै भू–भागका हुस्सु र कुहिरो लागेको छ ।
आज बिहान तराईका धेरै भू–भागका हुस्सु र कुहिरो लागेको छ । दिउँसो र राति वर्षा तथा हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागको आग्रह छ ।