टिपरको ठक्करबाट दुईको मृत्यु, तीन गम्भीर घाइते

बर्दिया, १८ माघ । बर्दियाको बढैयाताल गाउँपालिका–३, सतपतियामा टिपरको ठक्करबाट दुईजनाको मृत्यु भएको छ भने तीनजना गम्भीर घाइते छन् ।

इलाका प्रहरी कार्यालय मैनापोखरका अनुसार गएराती भे१क १४९५ नम्बरको टिपर अनियन्त्रित भई घरअगाडि आगो तापिरहेका पाँचजनालाई एकैसाथ ठक्कर दिदा स्थानीय ४५ वर्षीय सोमबहादुर विकको घटनास्थलमै र ४५ वर्षकै रामु थारुको उपचारका क्रममा नेपालगन्जस्थित नर्सिङहोममा राति पौने १० बजे मृत्यु भएको हो ।

सोही दुर्घटनामा घाइते भएका स्थानीय ३५ वर्षीया प्रमिला चौधरी, ४० वर्षीया चमेलिया थारु र सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ का १९ वर्षीय लक्ष्मण सुनारको सोही नर्सिङहोममा उपचार भइरहेको छ । टिपर चालकलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com