थप २१ जनामा ओमिक्रोन पुष्टि
काठमाडौँ, १९ माघ । नेपालमा थप २१ जनामा ओमिक्रोन पुष्टि भएको छ ।
२४ नमुनाको जिन सिक्वेन्सिङ परीक्षणमा २१ जनामा ओमिक्रोन भेटिएको छ भने बाँकी ३ जनामा डेल्टा भेरियन्ट भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसले देशका सातवटै प्रदेशमा ओमिक्रोन भेरियन्ट फैलिएको पुष्टि मन्त्रालयका प्रवक्ता डा. संगिता मिश्रााले जानकारी दिइन् ।