ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

लमजुङ, २० माघ । राइनास नगरपालिका–६, सिम्लेखोलामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

प्रहरीका अनुसार इँटा लिन जाँदै गरेको ग१त ४४४५ नम्बरको ट्याक्टर बुधवार दुर्घटना हुँदा ४३ वर्षीय अमृत चिलुवालको मृत्यु भएको हो ।

ट्याक्टरमामा सवार ३ जना मध्ये चिलुवालको घटनास्थलमै मृत्यु भएको र सहयोगी राइनास नगरपालिका–६ का गोपाल परियारको स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचार गरी घर फर्केका छन् ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com