बस पल्टँदा ३५ जना घाइते

बर्दिया, २० माघ । बर्दियाको बाँसगढी नगरपालिका–३ मा बस दुर्घटना हुँदा ३५ जना घाइते भएका छन् ।

चालक इलाका प्रहरी कार्यालय मोतीपुरका अनुसार कालीकोटबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ना५ख ५३८२ नम्बरको बस आज बिहान अनियन्त्रित भइ सडकबाट अन्दाजी १५ मिटर तल पल्टिएको थियो ।

दुर्घटनामा ३५ जना घाइतेमध्ये कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका–६ की ११ वर्षीया शीतला उपाध्याय र सान्नी त्रिवेणी–७ की ६९ वर्षीया ओमना उपाध्यायको अवस्था गम्भीर छ । दुवैजनालाई उपचारका लागि कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेजमा पठाइएको छ । सामान्य घाइते भएका ३३ जनालाई उपचारका लागि स्थानीय कौशिल्या अस्पतालमा पठाइएको छ ।

बस चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com