मन्त्रिपरिषद्को नियमित बैठक अनिश्चित
काठमाडौँ, २० माघ । मन्त्रिपरिषदको नियमित बैठक अनिश्चित भएको छ ।
विहीबर बस्दै आएको मन्त्रिपरिषदको नियमित बैठक आज भने अनिश्चित भएको हो । स्रोतका अनुसार आज मन्त्रिपरिषदको बैठक बस्दैन । अब अर्को बैठक सोमबार बस्नेछ । बिहिबार मन्त्रिपरिषद बैठक बसेर निर्वाचनको मिति घोषणा हुने अनुमान थियो ।