अनेरास्ववियुले आयोगको ताकेतापत्र सरकारलाई बुझायो

काठमाडौँ, २० माघ । प्रमुख प्रतिपक्षी नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले चुनावको मिति यथाशीघ्र घोषणा गर्न आयोगको ताकेता पत्र सरकारलाई बुझाएको छ ।

स्थानीय निर्वाचनको मितिका लागि दबाब दिँदै आएका अनेरास्ववियुले चुनावको मिति चाँडै तोक्न सरकारको ध्यानाकर्षण गराएको हो ।अनेरास्ववियुकी अध्यक्ष सुनिता बराल नेतृत्वको टोली आज बिहान निर्वाचन आयोगबाट मार्चपाससहित बालुवाटार पुगेको थियो ।

अनेरास्ववियुको टोलीले प्रधानमन्त्री कार्यलय कन्ट्रोलका उपसचिव जनकराज भट्ट मार्फत प्रधानमन्त्रीलाई भेटेर ध्यानाकर्षण पत्र बुझाएको हो ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com