परराष्ट्रमन्त्री डा. खड्कालाई अनेरास्ववियुले देखायो कालो झण्डा

उदयपुर, २० माघ । नेकपा एमालेनिकट अनेरास्ववियुका विद्यार्थीहरूले परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई उदयपुरमा कालो झण्डा देखाएका छन् ।

आज बिहान गृहजिल्ला आएका परराष्ट्रमन्त्री खड्कालाई अनेरास्ववियुका विद्यार्थीहरूले कालो झण्डा देखिएको हुन् । गाईघाट बजारबाट राजावासतर्फ जाँदै गरेको परराष्ट्रमन्त्री खड्कालाई मदन भण्डारी लोकमार्गको त्रियुगा हस्पिटल अघि कालो झण्डा देखाएका हुन् ।

परराष्ट्रमन्त्री डा. खड्का त्रियुगा नगरपालिका-८ स्थित अम्बेरसिंह जनता माध्यामिक बिद्यालय राजावासको बालबालिकाहरुलाई न्यानो कपडा र त्रियुगा नगरपालिका-९ स्थित सरस्वती गाउँमा ७२ घर परिवारमा जडान गरिएको विद्युत् उद्घाटन गर्न आउँने क्रममा कालो झण्डा देखाएको हो ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com