शिक्षक संघका नेता र पूर्वजिल्ला अध्यक्ष काँग्रेस वीपीमा प्रवेशः काँग्रेसले वीपीको नाम लिन नसुहाउने दावी
काठमाडौँ, २१ माघ । नेपाली काँग्रेस निकट शिक्षक संघका नेता तथा नेपाल प्रथामिक शिक्षक संघका संस्थापक अध्यक्ष रुद्र प्रसाद सापकोटा र नेविसंघ पाँचथर जिल्ला पूर्वअध्यक्ष तथा समाजसेवी चन्द्रकला बाँस्कोटा नेपाली काँग्रेसको सदस्य परित्याग गर्दै नेपाली काँग्रेस (वीपी)को सदस्यता लिनु भएको छ ।
विहिवार पार्टी कार्यालय सामाखुशीमा आयोजित एक कार्यक्रमा पार्टीका बरिष्ठ उपसभापति गोविन्द प्रसाद शर्मा, उपसभापतिद्वय पुष्पराज पराजुली र भरत राज शर्मा, महामन्त्री भक्त राज भुसाल, केन्द्रिय सदस्य दिपक कार्की, योगराज पोख्रेल, श्याम बहादुर गुरुङ, मीना भारती, लगाएत केन्द्रिय सदस्य तथा भातृ तथा सुभेच्छुक संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु एवं पूर्वसभासद मिठाराम विश्वकर्माको सहभागिता थियो ।
पार्टी प्रवेश कार्यक्राम पूर्वसभासद विश्वकर्माले शिक्षक नेता सापकोटाको राजनैतिक जीवनीको चर्चा गर्नु भएको थियो । उहाँहरुलाई बरिष्ठ उपसभापति, उपसभापति, महामन्त्रीबाट टिका तथा खादा लगाएर पार्टीका स्वागत गर्दै सदस्यता प्रदान गर्नु भएको थियो ।
सदस्यता लिनु हुँदै शिक्षक नेता सापकोटाले नेपाली काँग्रेसले वीपीको विचार छोडेको बताउनु भएको थियो । उहाँले अहिलेको सरकार नेपाली जनताको नभएको र वीपीको विचारमा हिडेको दाबी गर्ने पार्टीले अदालतबाट परमादेश जारि गरि भएको प्रधामन्त्री भएकोले नेपाली काँग्रेसले प्रजातन्त्र र वीपीको नाम लिन नसुहाउने दाबी गर्नु भयो । सापकोटाले अब सम्पूर्ण वीपी वादी र प्रजातन्त्रवादीहरु नेपाली काँग्रेस (वीपी)मा आवद्व हुन आग्रह गर्नु भयो ।
सदस्यता लिनु हुँदै बाँस्कोटाले नेपाली काँग्रेसमा विचार र सिद्वान्त भन्दालाई वेवास्ता गरि पद तथा गुटबन्दीमा हावी भएको र नेपाली काँग्रेसले देश र जनताको पक्षमा काम गर्न नसकेको बताउदै नेपाली काँग्रेसको सदस्यता परित्याग गरि नेपाली काँग्रेस (वीपी)ले वीपीको सिद्वान्तलाई आत्मसाथ गरेको भन्दै नेपाली काँग्रेस (वीपी)मा आवद्व भएको बताउनुभयो ।