घट्यो सुनचाँदीको मूल्य
काठमाडौँ, २१ माघ । आज बजारमा सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन २ सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार ५ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९२ हजारमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेर प्रतितोला १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।