चट्याङ लागेर एक जनाको मृत्यु
सुर्खेत, २१ माघ । सुर्खेतमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार गएराति आफ्नै भान्सा घरको बाहिर छतमा निस्कने क्रममा चट्याङ लागेर भेरीगंगा नगरपालिका ११ साँदीखोलाकी ३५ वर्षीय नेकीसरा खत्रीको मृत्यु भएको हो ।
चट्याङ लागेर घाइते भएको उनको मेहलकुना अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।