२५२६ जनामा कोरोना संक्रमण, ८४२५ जना डिस्चार्ज

काठमाडौँ, २१ माघ । थप २ हजार ५ सय २६ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ६४ हजार २ सय १९ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ५६ हजार ४ सय ५७ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज ८ हजार ४ सय २५ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ८ लाख ९५ हजार ८ सय ६८ जना रहेको छ । आज १६  जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार ७ सय ९४ जना पुगेको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com