राष्ट्रपति भण्डारीद्वारा वसन्त श्रवण
काठमाडौँ, २३ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले हनुमानढोकाको नासलचोकमा वैदिक विधिपूर्वक वसन्त श्रवण गरेकी छन् ।
राष्ट्रपति भण्डारीलेसँगै उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटालगायत संवैधानिक निकायका प्रमुख, उपप्रधानमन्त्री, मन्त्रीगण, सुरक्षा निकायका प्रमुखलगायत राष्ट्रसेवक कर्मचारीको उपस्थिति थियो ।
समारोहमा हनुमानढोका दरबार हेरचाह अड्डाका पुरोहितले संस्कृत भाषामा रहेको वसन्त श्रवण गराएका थिए । सो अवसरमा नेपाली सेनाले सलामी दिनाका साथै राष्ट्रियगान प्रस्तुत गरिएको थियो ।