लता मंगेशकरको निधनप्रति राष्ट्रपतिद्वारा दु:ख व्यक्त

काठमाडौँ, २३ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतकी गायिका लता मंगेशकरको निधनप्रति दु:ख व्यक्त गरेकी छन्।

आज राष्ट्रपति भण्डारीले ट्विट गर्दै गायिका मंगेशकरको निधनप्रति दु:ख व्यक्त गरेकी हुन् । मंगेशकरको ९२ वर्षको उमेरमा शनिबार राति उपचारका क्रममा: निधन भएको हो ।

‘धेरै नेपाली गीतलाई समेत आफ्नो सुमधुर आवाजले सजाउनु भएकी भारतकी प्रख्यात गायिका लता मंगेशकरको निधनको खबरले मलाई दु:खी बनाएको छ। असाधारण प्रतिभाकी धनी दिवंगत लता मंगेशकरप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु,’ राष्ट्रपति भण्डारीले ट्विटमा लेखेकी छन्।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com