गठबन्धन दलहरु एमालेसँग चुनावमा जान डराएः उपमहासचिव ज्ञवाली

काठमाडौँ, २३ माघ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले गठबन्धन दलहरु एमालेसँग चुनावमा जान डराएको बताएका छन् ।

आज प्रेस चौतारी नेपाल रूपन्देहीले आइतबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपमहासचिव ज्ञवालीले सरकारले स्थानीय तहको चुनाव छल्न अनेक बहाना गरिरहेको बताए ।

उनले भने, ‘एमाले चुनाव फेस गर्न तयार छ । तर सरकार पानीसँग छालाका जुत्ता डराएजस्तो चुनावसँग डराएको छ ।’ उनले मुलुकको निकास ताजा जनादेशबाट प्राप्त हुने भएकोले समयमा स्थानीय तहको चुनाव गर्नुपर्ने माग राखे । एमालेले एमसीसीप्रति उपयुक्त समयमा आफ्नो धारणा दिने भन्दै माओवादीले एमसीसीमा दोहोरो भूमिका खेलेको आरोप लगाए ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com