आजको मौसम

काठमाडौँ, २४ माघ । देशमा अहिले पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश नम्बर–१ को पहाडी भू–भागको एक वा दुई स्थानमा हल्का वर्षाको छ ।

राति प्रदेश–१, वागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । अरू प्रदेशमा आंशिक बदली रहनेछ । प्रदेश–१ को पहाडी भू–भागको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।तराईमा बिहान हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com