खुकुरी प्रहार गरी दुई जनाको हत्या

सिन्धुपाल्चोक, २४ माघ । बलेफी गाउँपालिका–७ माथिल्लो चिम्लिङमा खुकुरी प्रहारबाट दुई जनाको हत्या भएको छ ।

आइतबार साँझ सो स्थानका विजय तामाङले मादक पदार्थ सेवन गरी स्थानीयवासी ७० वर्षीया वासुमाया तामाङ र ५९ वर्षीय सन्तवीर तामाङको हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अभियुक्त विजयलाई प्रहरीले नियन्त्रणमा लिएको कार्यालयका प्रमुख प्रहरी उपरीक्षक  राजन अधिकारीले जानकारी दिए । उनले  घटनाको थप अनुसन्धान भइरहेको बताए । रासस

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com