प्रचण्डप्रति लक्षित भट्टराईको टिप्पणी : ‘बाहिर माओवाद, भित्र खाओवाद’

काठमाडौँ, २४ माघ । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुइजिब्रे प्रवृत्ति देखाएको टिप्पणी गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)लाई पठाएको पत्र सार्वजनिक भएपछि भट्टराईले यस्तो टिप्पणी गरेका हुन् । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले एमसीसी गिजोल्दै गए परिणाम गम्भीर हुनसक्ने बताए । उनी एमसीसी पास गर्नुपर्ने पक्षमा छन् । माओवादी केन्द्रले एमसीसी संशोधन विना पास गर्न नहुने बाहिरी अडान राखेको छ ।

उनले ट्वीटरमा लेखेका छन्, ‘भित्रभित्र राष्ट्रघात बाहिरबाहिर राष्ट्रवाद ! माछा देखे भित्र हात, सर्प देखे बाहिर हात ! भित्र खाओवाद बाहिर माओवाद! नेपाली राजनीति जबसम्म यो पाखण्डी दुइजिभ्रे प्रवृत्तिबाट मुक्त हुॅदैन तबसम्म देश बन्दैबन्दैन। MCC जुन ढंगले गिजोलिदैछ, त्यसको परिणाम गम्भीर हुनसक्छ ! अति भए खति हुन्छ है !’

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com