स्थानीय चुनावका लागि आयोगले थाल्यो तयारी
काठमाडौँ, २४ माघ । सरकारले स्थानीय तहको निर्वाचन वैशाख ३० गते गरेपछि निर्वाचन आयोगले तयारी थालेको छ ।
निर्वाचनका आवश्यक पर्ने भवन, परिवहनका साधन, फर्निचर वा अन्य भौतिक साधनको अवस्था तथा व्यवस्थापनका सन्दर्भमा सबै स्थानीय तहसँग विवरण मागका लागि समन्वय गर्न आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत पत्राचार गरेको छ ।
