चरेससहित दुई जना पक्राउ
दाङ, २५ माघ । दाङमा झण्डै आठ किलो चरेससहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार रुकुमको भुमे गाउँपालिका वडा नम्बर ९ चुनवाङ घर भइ घोराही उपमहानगरपालिका नयाँ बसपार्क बस्ने ५० वर्षीय दलबहादुर कामी र घोराही उपमहानगरपालिका वडा नम्बर– १८ गिठेपानी बस्दै आएका ५९ वर्षीय कर्णबहादुर पुनलाई पक्राउ गरेको हो ।
दलबहादुर कामीको कोठाबाट ७ किलो ७ सय ७९ ग्राम लागुऔषध चरेससहित उनीहरुलाई पक्राउ गरेको हो । प्लास्टिककाे बोरामा हरियो पोलिथिन भित्र लामो, चेप्टो पोका बनाएर राखेको अवस्थामा १६ वटा पिस बरामद भएको प्रहरीको भनाइ छ ।