ग्यास आयात गरेर मल कारखाना खोल्ने योजना

काठमाडौँ, २५ माघ । वि.स. २०७१ सालमा लगानी बोर्डको सहभागितामा भएको एक अध्ययनले भारतबाट प्राकृतिक ग्यास आयत गरेर नेपालमा रासायनिक मल कारखानाना स्थापना असम्भव भएको देखाएको थियो ।

तर , त्यो अध्ययनविपरीत लगानी बोर्ड आफैले भारतबाट प्राकृतिक ग्यास आयात गरेर कारखाना खोल्ने योजना अघि बढाएको छ । ऊर्जा र कृषि मन्त्रालयका साथै अन्य सरोकारवाला निकायसँग कुनै समन्वय नगरी वास्तविक भन्दा झण्डै चार गुणा बढी बिजुलीको महशुल राखेर विश्लेषण गर्दै प्राकृतिक ग्यास सस्तो भन्दै कारखाना खोल्ने योजाना अघि बढाएको हो ।

गत वर्षमा रातिको समयमा ५ सय मेगावाटसम्म खेरा गएको थता आगामी हिउँदमा एक हजार मेगावाटसम्म बिजुली खेरा जाने प्रक्षेपन गरिरहेका बेला र भारतले बंगलादेशबाट ग्यास आयात गरेर नेपाललाई दिनु पर्ने अवस्था रहेपनि स्वदेशी बिजुलीबाट सम्भव हुँदाहुँदै आगामी ५० वर्षसम्म परनिर्भर हुने गरी कारखाना खोल्ने गरी प्रतिवेदन तयार गरेको हो । यो समाचार काराेबार दैनिकमा छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com