सरकारको निर्णय संविधानको मर्मअनुरूप : महामन्त्री थापा

काठमाडौँ, २५ माघ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आउँदो वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय उपयुक्त भएको बताएका छन् ।

आज बिहान सामाजिक सञ्जालमा उनले सरकारको निर्णय संविधानको मर्मअनुरूप भएको पनि बताएका छन् । उनले लेखेका छन्, “वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय उपयुक्त छ, संविधानको मर्मअनुरूप छ । स्थानीय तह रिक्त हुन्छ कि भन्ने आशंका हटेको छ । अनि, निर्वाचन टार्ने गरी भएका अनेकन बहस अब सकिएका छन्,” “सबैले सदैव हेक्का राख्नुपर्दछ– संविधान र लोकतन्त्रको मर्मविपरीत हिँड्ने छुट कसैलाई छैन ।”

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com