गैँडा मृतावस्थामा फेला

चितवन, २५ माघ । चितवन राष्ट्रिय निकुञ्जको बाघमारा पोस्टनजिकै काभ्रेतालछेउमा अन्दाजी दुई वर्षको गैँडा मृतावस्थामा फेलापरेको छ ।

बाघको आक्रमणबाट गैँडा मरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । गैँडाको खुर सुरक्षित रहेको र उमेरका कारण खाग पलाउने अवस्था नरहेको उनले बताए ।

निकुञ्जमा चालु आर्थिक वर्षमा दुई चोरी–सिकारी र २२ प्राकृतिक कारणले गैँडा मरेका छन् । रासस

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com