१९५७ जनामा कोरोना संक्रमण, ११ जनाको मृत्यु
काठमाडौँ, २५ माघ । थप १ हजार ९ सय ५७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ६८ हजार ६ सय ११ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ३६ हजार १ सय ८१ जना रहेका छन ।
मन्त्रालयका अनुसार आज ५ हजार १ सय ३ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख २० हजार ५ सय ९२ जना रहेको छ । आज ११ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार ८ सय ३८ जना पुगेको छ ।