काँग्रेस पदाधिकारीको बैठक बस्दै

काठमाडौँ, २६ माघ । नेपाली काँग्रेसका पदाधिकारीबीच आन्तरिक छलफल हुँदैछ ।

भोलि बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकका एजेन्डामाथि बुधबार दिउँसो २ बजे प्रधानमन्त्रीको निवास बालुवाटारमा छलफल हुन लागेको हो ।

मंगलबार सभापति बाहेक पदाधिकारीहरुबीच भ्रातृ तथ शुभेच्छुक संस्था, अधिवेशन हुन बाँकी र स्थानीय तह निर्वाचनको तयारीका विषयमा पार्टी कार्यालय सानेपामा छलफल भएको थियो । आज सभापतिको उपस्थितिमा उक्त विषयमाथि थप छलफल हुन लागेको हो ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com