पशुपतिनाथको मन्दिर खुलाउने तयारी
काठमाडौँ, २६ माघ । पशुपति क्षेत्र विकास कोषले आउँदो फागुन १ गतेदेखि पशुपतिनाथको मन्दिर खुलाउने तयारी गरेको छ ।
कोषका अनुसार कोरोना संक्रमणदर घट्दै गएकाले मूल मन्दिरसहित अरू मन्दिरहरू भक्तजनलाई पूजाआजाका लागि खुला गरिने भएको छ । कोषका प्रवक्ता रेवतीरमण अधिकारीले फागुन १ देखि मन्दिर खुलाउने तयारी गरिएको जानकारी दिए ।