काठमाडौँ उपत्यकामा थप १०१७ जनामा कोरोना संक्रमण

काठमाडौँ, २६ माघ । काठमाडौँ उपत्यकामा थप १०१७ जना कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा काठमाडौँमा ८९०, ललितपुरमा १०२ र भक्तपुरमा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा मुलुकभर २ हजार ४ सय १ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ७ हजार ७ सय ७७ जना संक्रमणमुक्त भएका छन् । २४ घण्टामा कोरोनाबाट १४ जनाले ज्यान गुमाएका छन् । हाल देशभर कोरोनाको सक्रिय संक्रमित ३० हजार २४१ जना रहेका छन्।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com