अख्तियारद्वारा सहन्यायाधिवक्ता थापाविरुद्ध मुद्दा दायर

काठमाडौँ, २६ माघ । उच्च सरकारी वकिल कार्यालयका सह–न्यायाधिवक्ता सुरेन्द्र कुमार थापाले अकुत सम्पत्ति आर्जन गरेको आरोप लागेको छ ।

अहिले निलम्बनमा रहेका सह–न्यायाधीववक्ता थापाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधवार विशेष अदालतमा मुद्दा दायर गरेको आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले बताउनुभयो । भ्रष्टाचार निवारण ऐन २०१७ र २०५९ अनुसार आयोगले उनीविरुद्ध ६१ लाख बिगो मागदाबी लिएको छ । अख्तियारले थापा पत्नी अन्जु खड्कालाई पनि प्रतिवादी बनाएको छ ।

२०४५ मा जागिर शुरु गर्नुभएका सहन्यायाधिवक्ता थापाले ६१ लाख रुपैयाँ अकुत सम्पत्ति आर्जन गरेको देखिएको आयोगको अनुसन्धानबाट खुलेको छ । थापा ०७६ सम्म जागिरमा हुनुहुन्थ्यो । उहाँले अकुत सम्पत्ति आर्जन गरेको देखिएको सहायक प्रवक्ता भण्डारीले जानकारी दिनुभयो ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com