पशुपतिनाथको मन्दिर भोलिबाट खुला हुने
काठमाडौँ, २७ माघ । पशुपतिनाथको मन्दिर भोलि (शुक्रबार)बाट खुला हुने भएको छ । भोलिबाट भक्तजनले पशुपतिनाथको मन्दिरमा पूजा तथा दर्शन गर्न सक्ने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंको २०७८/१०/२३ मा जारी आदेश अनुसार मन्दिर खुला गर्ने निर्णय गरिएको कोषले स्पष्ट पारेको छ ।
