म चुनावी गठबन्धनको पक्षमा छैन: नेता कोइराला

काठमाडौँ, २७ माघ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफू चुनावी गठबन्धनको पक्षमा नरहेको बताएका छन ।

नेता कोइराला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सग भेटवार्ताका लागि आज बिहान प्रचण्ड निवास खुमलटार गएका थिए । भेटमा एमसीसी, स्थानीय चुनाव लगायतका विषयमा छलफल भएको थियो ।

भेटमा प्रचण्डले चुनावमा गठबन्धन गरेर जान प्रस्ताव राखेका थिए । तर कोइरालाले आफू चुनावी गठबन्धनको पक्षमा नरहेको बताएका थिए ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com