आजको सुनचाँदीको मूल्य
काठमाडौँ, २८ माघ । आज बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन १ सय रुपैयाँले बढेर प्रतितोला ९४ हजारमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९३ हजार ५ सयमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रह्दै प्रतितोला १२ सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।