आजको मौसम

काठमाडौँ, २९ माघ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ भने बाँकी भू-भाग सामान्यतया सफा रहेको छ । आज देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । यतिबेला मुलुकका केही पहाडी भेगमा आंशिक बदली छ भने तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागिरहेको छ ।

अहिलेसम्मको अनुमानका आधारमा करिब एक हप्तायता पानी पार्ने तथा हिमपात गराउने कुनै मौसम प्रणाली विकास हुने सम्भावना नदेखिएको महाशाखाले जनाएको छ । देशमा कतै छिटपुट पानी परिहाल्यो भने बेग्लै कुरा हो नभए एक सातासम्म उल्लेखनीय वर्षा र हिमपात गराउने मौसम प्रणाली विकासको सम्भावना छैन ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com