८३६ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु

काठमाडौँ, २९ माघ । थप ८ सय ३६ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ७२ हजार ६ सय ३२ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या २६ हजार १ सय २ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज १८ सय २६ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ३४ हजार ६ सय ४८ जना रहेको छ । आज ४ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार ८ सय ८२ जना पुगेको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com