आजदेखि सबै नागरिकलाई बुस्टर डोज दिइँदै

काठमाडौँ, १ फागुन । सरकारले आजदेखि १८ वर्षमाथिका सबै नागरिकलाई कोभिड–१९ विरुद्धको बुस्टर डोज खोप दिने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दोस्रो डोज खोप लगाएका ६ महिना पूरा भएका सबैले आजदेखि बुस्टर डोज लिन पाउने छ । बुस्टर डोजको रूपमा उपलब्धताका आधारमा कोभिसिल्ड, एस्ट्राजेनेका, मोडर्ना वा फाइजर खोप दिने निर्णय भएको पनि मन्त्रालयले जनाएको छ ।

कोभिड–१९ संक्रमण भएका व्यक्तिहरूले भने संक्रमणमुक्त भएको एक महिनापछि बुस्टर डोज खोप लिन मन्त्रालयले अनुरोध गरेको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com