५२१ जनामा कोरोना संक्रमण, १० जनाको मृत्यु

काठमाडौँ, १ फागुन । थप ५ सय २१ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ७३ हजार ५९ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या २२ हजार ५ सय ८४ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज ३९ सय ३५ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ३८ हजार ५ सय ८३ जना रहेको छ । आज १० जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार ८ सय ९२ जना पुगेको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com