जबराविरुद्धको महाअभियोगः प्रपञ्च रहेको भन्दै अध्यक्ष थापाले देखाए तीन कारण

काठमाडौँ, २ फागुन । राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रधानन्यायाधिस चोलेन्द शमशेर जबराका विरुद्ध कांग्रेस, माओवादी तथा नेकपा समाजवादी पार्टीले आफ्नो स्वार्थका कारण महाअभियोग लगाएको बताएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोगको विपक्षमा उभिएका हुन । सत्ता गठबन्धनका सांसदले जबराविरुद्ध आइतबार महाभियोग प्रस्ताव दर्ता गरेपछि थापाले प्रपञ्चमा महाभियोग ल्याइएको दाबी गर्नुभयो । सोमबार बिहान सामाजिक सञ्जालमा टिप्पणी लेख्दै थापाले महाभियोग प्रपञ्च हुनुका तीन कारण औँल्याए ।

अध्यक्ष थापाले लेखेका छन्, ‘प्रन्यालाई हटाउनु पर्ने बेला चुपचाप बस्ने, अहिले : mcc पास गर्ने (कंग्रेस स्वार्थ),हत्या अभियोगबाट सभामुखलाई जोगाउने (माओवादी स्वार्थ) र नेकपा (एस)को सासंद पद जोगाउने प्रपंचमा प्रन्या राणाविरुद्ध महाभियोग प्रस्ताव ल्याउनु गैरजिम्मेवारी र वर्तमान राजनीति भित्र रहेको विकृतिको नमुना हो ।’

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com