ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

खोटाङ, २ फागुन । खोटाङमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार आज ऐसेलुखर्क पुछारबाट हलेसीतर्फ जाँदै गरेको स १ त ७७३३ नम्बरको ट्याक्टर अनियन्त्रित भएर पल्टिँदा हलेसी तुवाचुङ नगरपालिका-१० अर्खौैले नवलपुर निवासी चालक सिटामोल भन्ने शेखर मगरको मृत्यु भएको हो ।

कामका लागि हिँडेको ट्याक्टर हलेसी-धितुङ-रेग्मीटार सडकखण्डको कालिकादेवीथान नजिकै काभ्रा खोलामा ट्याक्टर पल्टिएर सडकबाट करिब ७५ मिटर तल खस्दा चालक मगरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ट्याक्टरका मालिक हलेसी तुवाचुङ नगरपालिका-७ महादेवस्थानका ३२ वर्षीय नगेन्द्र राई घाइते भएका छन् । सो घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com