एमालेले भोली बस्ने संसद बैठक अवरोध गर्ने
काठमाडौँ, ३ फागुन । प्रमुख प्रतिपक्षी दल एमालेले भोली बस्ने प्रतिनिधिसभाको बैठकमा अवरोध गर्ने भएको छ ।
एमाले विभाजनमा सभामुख अग्निप्रसाद सापकोटाको भूमिका रहेको भन्दै एमालेले निरन्तर संसद बैठक अवरोध गर्दै आएको छ । एमाले सांसद शेरबहादुर तामाङले भने, ‘हामीहरूको माग पूरा भएको छैन । बुधबार बस्ने संसद बैठक पनि एमालेले अवरोध गर्छ,’ ।
एमालेको अवरोधका बीच पनि सभामुख सापकोटाले एमसीसी सम्झौता अनुमोदनका लागि पेस गर्ने सम्भावना रहेको बताउदै उनले भने, ‘हाम्रो अवरोधकैबीच पनि सरकारले एमसीसी प्रस्ताव टेबुल गराएर सभामुख सापकोटाले प्रक्रिया अघि बढाउने सम्भावना छ । ‘