सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक
काठमाडौँ, ३ फागुन । सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरेका छन् ।
भोली बिहान साढे ११ मा संसद् भवनमा बैठक बस्ने सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए । संसद् बैठक दिउँसो १ बजे बस्दैछ ।