सहमतिविना एमसीसी प्रस्ताव अगाडी बढाए सरकारबाट बाहिरिने माओवादीको चेतावनी

काठमाडौँ, ४ फागुन । नेकपा माओवादी केन्द्र जबरजस्ती एमसीसी प्रस्ताव अघि बढाए सरकारबाट बाहिरीने चेतावनी दिएको छ ।

माओवादी संसदीय दलको बुधबार बसेको बैठकले एमसीसी संसदमा टेबल भए विपक्षमा मतदान गर्ने पनि निर्णय गरेको हो । बैठकले एमसीसीको विषयमा राष्ट्रिय सहमति नजुटिकन अघि बढाउन नहुने पनि निष्कर्ष निकालेको हो ।

बैठकले तीन वटा निर्णय गरेको सांसदहरुले बताएका छन् । संशोधन बिना एमसीसी पास हुन सक्दैन भन्दै माओवादीले राष्ट्रिय हित विपरीतका बुँदाहरु संशोधन हुनैपर्ने अडान दोहोर्याएको छ । त्यसैगरी संसद नखुली एमसीसी टेबल गर्न नमिल्ने जनाएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com