प्रचण्ड र माधव भ्रमको जालोमा फस्नुभयो : नेता पौडेल

काठमाडौँ, ४ फागुन । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल एमसीसीको विषयमा भ्रमको जालामो फस्नुभएको बताउनुभएको छ ।

आज रिपोर्टर्स क्लब नेपालले बाराको सिमरामा आयोजना गरेको ‘विशेष साक्षात्कार’ मा बोल्दै नेता पौडेलले एमसीसीको विषयमा देश र जनतालाई धोका दिनेगरि कसैले पनि ‘डबल–स्ट्याण्ड’ को भूमिका खेल्न नहुने टिप्पणी गर्नुभयो । उच्चस्तरीय राजनीतिक समन्वय समितिका संयोजकसमेत रहनुभएका नेता पौडेलले प्रचण्ड र माधव नेपाल एमसीसीबारे भ्रमको जालामो फसेको जिकिर गर्नुभयो ।

गर्दै उहाँले भन्नुभयो, ‘सुरुमा एमसीसी ल्याउनमा प्रचण्ड र माधव नेपाल आँफै लाग्नुभयो । पछि क–कसले कुन–कुन सुत्रबाट यसको विरुद्धमा जानुपर्छ भन्ने कुरा आयो, त्यो कुरा आएपछि उहाँहरुले आफ्नो तर्कशक्ति एमसीसी खराब हो भन्नेमा खर्च गर्नुभयो । उहाँहरु अहिले माकुरा आफ्नो जालोमा फसेजस्तो फस्नुभयो । उहाँहरु आँफैले फैलाएको झुटो अफवाहको जालामो आँफै अल्झिनुभएको छ। मैले त जानेको कुरा यत्ति हो । यो एमसीसी सम्झौता सत्तामा पुगेका कुनैपनि कम्युनिष्ट नेता यो सम्झौताबाट अलग छैनन् । उहाँहरु सबै संलग्न हुनुहुन्छ । सबै नेता पालैपालो संलग्न हुनुहन्छ । एमसीसी हुन्न भन्ने कुरा यो देश र सारा दुनियाँलाई धोका हो कि होईन रु यसको परीणाम के हुन्छ रु नेपालको राजनीतिक अवस्था र अर्थतन्त्र कहाँ पुग्छ रु आज दातृ निकायहरुलाई हामीविरुद्ध पुर्याउने काम पनि हुन्छ, म समाजवादी हो । म नेपालवादी हो। यस्तो किसिमको फट्याँई मलाई मन पर्दैन् । डबल स्ट्याण्ड कसैले पनि नगरौं ।’

आगामी बैशाख ३० गते नै स्थानीय तहको निर्वाचन हुन्ने उल्लेख गर्दै उहाँले आगामी निर्वाचनसम्म अहिलेको पाँच दलीय गठबन्धन कायम रहने पनि विश्वास दिलाउनुभयो । उहाँले भन्नुभयो,‘निर्वाचन तोकिएकै मितिमा हुन्छ । त्यसको लागि सबै तयार हुनुपर्छ ।’ उनले भने–‘नेपालको राजनीतिमा परिवर्तन आयो, संविधान आयो, जनताले अधिकार पाए, यसलाइ सहन नसक्ने तत्वहरुको एउटा षड्यन्त्र छ । यसलाई उल्टाउने प्रयत्न छ। त्यो उल्टाउने प्रयत्नमा कमसेकम प्रचण्ड, माधव नेपालहरु हुँदैन भन्नेमा हुनुहुन्छ, परिवर्तनको पक्षमा भएको कारणले उहाँहरुसँग सहकार्यको आवश्यकत्ता छ ।’

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com