प्रतिनिधिसभा बैठक शुक्रबारसम्मका लागि स्थगित
काठमाडौँ, ४ फागुन । प्रतिनिधिसभाको बैठक यही फागुन ६ गतेसम्मका लागि स्थगित गरिएको छ ।
बैठक आउँदो शुक्रबार दिउँसो १ बजे बस्ने गरी स्थगित गरिएको हो । आजको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसदको अवरोधका बीच थारु आयोगको प्रतिवेदन पेस गरियो । प्रधानमन्त्रीका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले प्रतिवेदन पेस गरेका हुन् । बैठकमा शोक प्रस्ताव पनि पारित गरिएको थियो ।