एमसीसी फागुन ६ गते टेबुल गर्छौँः मन्त्री बडु

काठमाडौँ, ४ फागुन । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले फागुन ६ गतेको संसद बैठकमा एमसीसी टेबुल गर्ने बताएका छन् ।

आज प्रतिनिधिसभाको बैठक स्थगित भएपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री बडुले दलहरुबीच सहमति जुटाएर एमसीसी फागुन ६ गते संसद बैठकमा टेबुल गने बताएका छन् ।

उनले भने, ‘छलफलका निमित्त दलहरुका बीचमा केही समय चाहिन्छ भनेपछि दुई दिनमा थप सल्लाह र सहमति जुटाएर फागुन ६ गतेमा पेश गर्ने तयारी छ ।’ ‘६ गते टेबुल गर्ने सहमति बनाउँदैछौं । त्यसका निम्ति आज र भोलिको दिनको प्रतीक्षा गरौं ।’

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com