बेलायतका लागि नेपाली राजदूत आचार्यद्वारा शपथग्रहण

काठमाडौँ, ४ फागुन । बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

आज राष्ट्रपति भवन शीतल निवासमा एक समारोहका साथ आचार्यालाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ दिलाएकी हुन् ।

उक्त समारोहमा परराष्ट्रमन्त्री डा.नारायण खड्कालगायत सरकारका उच्च पदाधिकारीहरुको उपस्थिति थियो ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com